जेठ ०६, २०८१, आइतबार
               

देशलाई अस्थिरतातर्फ लैजान हुँदैन : पौडेल

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुने बताएका छन् । 

शनिबार दमौलीमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै नेता पौडेलले सो कुरा बताएक हुन् । ‘देशमा स्थायित्व र समृद्धि आवश्यक छ । अब नेपाली कांग्रेसले मात्रै देश विकास गर्न सक्छ,’ वरिष्ठ नेता पौडेलले भने,  ‘नयाँ राजनीतिक ध्रुवीकरणले कांग्रेसलाई अवसर प्राप्त भएको छ ।’

कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नु बताउँदै उनले प्राप्त अवसरलाई सदुपयोग गर्नुसक्नुपर्ने बताए । वरिष्ठ नेता पौडेलले कांग्रेसलाई भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै भने, ‘झण्डै दुईतिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न सकेन ।’ पार्टीको विधान बचाएर कांग्रेसलाई बचाउनुपर्ने बेला आएको बताउँदै उनले पार्टीभित्र भएका विधानविपरीतका काम सच्याएर अगाडि बढ्नुपर्ने  बताए । 

उनले भने, ‘एक वर्ष म्याद थप्न पाउने अवधि पनि सकिन लाग्यो, माघ मसान्तभित्र क्रियाशील सदस्यता टुङ्गो लगाएर अधिवेशन गर्नेतर्फ लाग्नुपर्छ ।’


कस्तो लाग्यो ?

यो पनि