जेठ ०५, २०८१, शनिबार
               

चिउरा खाँदै प्रचण्ड सडकमा

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

आमहड्ताल सफल बनाउन भन्दै नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुल्चोकमा धर्ना बसेका छन् । 

धर्नामा बसेका प्रचण्डसहितका नेताहरूले दालमोठ, चिउरा र पानी अगाडि राखेका छन् । उनले पत्रकारहरूसँग भने-'हामी माघ २८ गते विशाल प्रदर्शन गर्दैछौं । त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ । त्यसपछि केपी ओलीको आयु सकिन्छ ।'

'२०४६ सालको जनआन्दोलन अघि पञ्चायतले पैसा दिएर लाखौं मान्छे ल्याएर पञ्चयाली गर्थ्यो । अहिले उहाँहरूले पनि त्यही गर्न लाग्नुभएको छ । हामीले जनआन्दोलन गरिरहेका छौं । उहाँहरू पञ्चर्‍याली गर्दै हुनुहुन्छ ।’ प्रचण्डले भने । 

 


कस्तो लाग्यो ?

यो पनि