जेठ ०६, २०८१, आइतबार
               

मन्त्री क्वाटर नजिकै कालोझण्डा प्रदर्शन, अनेरास्ववियूका नेताहरु पक्राउ

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

ललितपुर । मन्त्री क्वाटर नजिकै कालो झण्डा देखाउने क्रममा नेकपा (प्रचण्ड-माधव समूह) का अनेरास्ववियू विद्यार्थी नेताहरु पक्राउ परेका छन् ।

मन्त्रीहरु निवासतिर फर्कने क्रममा पुल्चोकस्थित मन्त्री क्वाटर नजिकै विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् । 

मन्त्रीको गाडी देख्दा साथ विद्यार्थीहरुले कालो झण्डा देखाएका थिए । 

पूर्वघोषित कार्यक्रम अनुसार मन्त्रीहरुलाई कालोझण्डा देखाएर विरोध गरिएको अनेरास्ववियूले जनाएको छ ।

मन्त्रीको गाडीलाई रोकेर नै विद्यार्थीहरुले विरोध जनाएका थिए ।

विरोध प्रदर्शनका क्रममा प्रहरीले विद्यार्थी नेताहरुलाई पक्राउ गरेको छ ।

अनेरास्ववियूका नेताहरु आरती लामा, मनिषा कार्की, सञ्जय काल्जन, निरोज श्रेष्ठ पक्राउ परेका छन् । 

उनीहरुलाई अहिले महानगरीय प्रहरी परिसर जावलाखेलमा राखिएको छ ।

यो पनि