बैशाख ३१, २०८१, सोमबार
               

स्थगित भयो संवैधानिक परिषद् बैठक

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि साँझका लागि बोलाएकाे संबैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

सुरुमा भोलि बिहानका लागि बैठक डाकिएको थियो । लगत्तै साँझ ५ बजेका लागि बस्ने भनिएको थियो । बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको स्राेतले जानकारी दिएकाे छ । 

बुधबारको बैठक स्थगित भएको सूचना सदस्यहरूलाई पठाइएको छ । बैठक किन स्थगित गरियो भन्नेबारे केही खुलाइएको छैन ।

गत मंसिर ३० प्रधानमन्त्री ओलीले कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने परिषद‍्सम्बन्धी अध्यादेश ल्याउँदै विभिन्न संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि