बैशाख ३०, २०८१, आइतबार
               

सभामुखले सिफारिस फिर्ता पठाएकोमा राष्ट्रिय सभाका अध्यक्षकाे आपत्ति

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभामुख अग्नि सापकोटाको पत्रले राष्ट्रिय सभाको भूमिका र गरिमामाथि प्रहार भएको भन्दै आपत्ति जनाएका छन् । 

संवैधानिक परिषद्ले संसदीय सुनुवाइका लागि पठाएका सिफारिस प्रतिनिधिसभाका सभामुखले फिर्ता गरेकोबारे पत्रकार सम्मेलन गर्दै भने,-'प्रतिनिधिसभा विघटन पूर्व संघीय संसदका महासचिव एवं सुनुवाई समितिका सचिवलाई सिफारिसपत्रहरू उपलब्ध भएको प्रक्रियामा रहेको अवस्थामा सिफारिस पत्रहरु नेपालको संविधान र संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ विपरित सभामुख र एकल निर्णयले फिर्ता पठाएकामा गम्भीर आपत्ति प्रकट गर्दछु ।'

पत्रकार सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले सभामुखले फिर्ता पठाएको पत्रको असर नियुक्तिमा पर्छ जस्तो आफूलाई नलाग्ने बताए । 'संविधानको धारा ११४ मा मन्त्रिपरिषद्को सिफारिसमा समान्य राष्ट्रपतिबाट जारी भएको अध्यादेश संघीय संसद्ले अस्वीकृत गरेको अवस्थामा बाहेक कानुन सारा लागू हुन्छ भन्ने उल्लेख गरिएको छ,' उनले भने,'संवैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट अन्यथा आदेश भएको अवस्था होइन र छैन ।'

यो विषयले संघीय संसद्का तल्लो सदनका सभामुख र माथिल्लो सदनका अध्यक्षबीच 'टसल' सिर्जना भएको छ।


कस्तो लाग्यो ?

यो पनि