बैशाख २८, २०८१, शुक्रबार
               

पशुपतिनाथमा सुनको जलारी राख्ने विषयमा सरकारलाई लोहनीको सुुझाव

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाश चन्द्र लोहनीले एक अर्ब खर्च गरेर पशुपतिनाथमा  सुनको जलारी राख्ने विषयमा सरकारलाई सुुझाव दिएका छन् ।

उनले  सुन को जलारी राख्ने पैसाले विश्वविद्यालय खोलेर सातै  प्रदेशका गरिब, जेहेनदार र विभिन्न जातीय समूहका  विद्यार्थीहरुलाई  नि:शुल्क उच्च शिक्षाको व्यवस्ता गरे त्यो नै भोलेनाथप्रति सच्चा भक्ति हुने बताएका छन् ।

सामाजिक संजालमा लेख्दै उनले भनेका छन्– ‘एक अर्ब खर्च गरेर पशुपतिनाथमा  सुनको जलारी  राख्ने सरकारी  लक्ष्य पढियो ।  मेरो सल्लाह छ, बाबा भोलेनाथप्रति भक्ति र समर्पण गर्न त्यो पैसाबाट बाबा पशुपतिनाथ विश्वविद्यालय  खोल्ने तरखर गर्नुस् । यो विश्वविद्यालयमा पशुपतिनाथमा  भक्तजनहरुले चढाएको भेटीबाट देशको सातै प्रदेशबाट छानियेका गरिब,  जेहेन्दार र विभिन्न जातीय समूह का  विद्यार्थीहरु  नि:शुल्क उच्च शिक्षाको  व्यवस्था गर्नुस् यो नै बाबा भोलेनाथप्रति सच्चा भक्ति हुनेछ’
 


कस्तो लाग्यो ?

यो पनि