बैशाख २०, २०८१, बिहीबार
               

३१ जिल्लामा निःशुल्क इन्टरनेट

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं  ।नेपाल दूरसञ्‍चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्क इन्टरनेट पुर्‍याएको छ । 

जाजरकोट, कालीकोट, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, डोल्पा, रुकुम, हुम्ला र मुगु गरी नौ जिल्लामा वर्ल्डलिङ्क कम्युनिकेसनले ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम गरेको हो ।

काठमाडौं। नेपाल दूरसञ्‍चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्क इन्टरनेट पुर्‍याएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्‍चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्‍न भएको जनाएको हो ।

ती जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था केन्द्र र अस्पतालहरूमा निःशुल्क इन्टरनेट पुर्‍याइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताए । उक्त परियोजनाअन्तर्गत ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु, अछाम, बझाङ र बाजुरा गरी ६ जिल्लामा मर्कन्टाइल कम्युनिकेशन प्रालिले इन्टरनेट जडान गरेको हो । बैतडी, डडेलधुरा, दार्चुला र डोटी गरी चार जिल्लामा भायानेट कम्युनिकेसनले जडान  गरेको छ ।

जाजरकोट, कालीकोट, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, डोल्पा, रुकुम, हुम्ला र मुगु गरी नौ जिल्लामा वर्ल्डलिङ्क कम्युनिकेसनले ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम गरेको हो ।

त्यस्तै दैलेख, सुर्खेत, सल्यान, मनाङ, मुस्ताङ, बाग्लुङ, म्याग्दी, पाँचथर, भोजपुर, धनकुटा, तेह्रथुम र खोटाङ गरी १२ जिल्लामा टेकमाइन्डस् नेटवर्कले इन्टरनेट विस्तारको काम गरेको हो । प्राधिकरणले उक्त जिल्लामा दुई वर्षका लागि निःशुल्करूपमा इन्टरनेट उपलब्ध गराउनेछ ।

यसअघि प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लाहरू नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुङ्गा र सिन्धुलीमा निःशुल्करूपमा इन्टरनेट सेवा प्रदान गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि