विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते बस्ने भएको छ ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै माघ २५ गते आइतबार दिउँसो २ बजे बैठक बस्नेबारे जानकारी गराएका हुन् ।
प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको पहिलो बैठक यसअघि माघ ७ गते बसेर स्थगित भएको थियो ।