जेठ ०६, २०८१, आइतबार
               

भ्रष्टाचारको अगुवा प्रधानमन्त्री हुन् : भीम रावल

नेपाल फ्ल्यास
माघ १७, २०७७

ADVERTISEMENT

धनगढी । आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुदूर पश्चिममा आयोजित सभामा बोल्दै नेता भीम रावलले मुलुकमा भइरहेको भ्रष्टाचारको अगुवा प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन्।

७० करोड, ओम्नी प्रकरण, यति, वाइड बडी सबैतिर भ्रष्टाचार गर्नेहरूकाे संरक्षक ओली रहेकाे बताएका छन् । साथै प्रधानमन्त्री ओलीले विस्तार गरेको १५ सय १ जनाको केन्द्रीय कमिटीलाई निर्वाचन आयोगले अस्वीकार गरेको बताउँदै रावलले केन्द्रीय कमिटीलाई सडकछाप बनाएको दावी गरे ।

'मदन भण्डारी फाउन्डेसनमा पुगेर - भारतसँग मिलेर आफ्नै पार्टीका नेताले हटाउन खोजेका भन्नुभयो।हामीले स्थायी समिति बैठकमा प्रश्न गर्‍यौं - भन्नुस् कसले हटाउन खोज्यो? त्यसलाई कारवाही गर्छौं। त्यसपछि उहाँ भागेको भाग्यै गर्नुभयो,' रावलले भने, 'झापाबाट भागेर मोरङ, त्यहाँबाट भागेर बिहार पुग्नुभयो। त्यहाँबाट पनि भाग्नुभयो। त्यहाँबाट भागेर नैनतालमा उखु गोडेर बस्नुभयो। हुँदाहुँदा संसदबाटै भाग्नुभयो। 
जेलनेल भोगे पनि भागेर उखु गोड्न कतै नगएको उनले बताए।


कस्तो लाग्यो ?

यो पनि