जेठ ०६, २०८१, आइतबार
               

कांग्रेसलाई सर्वोच्चको फैसला मान्य हुन्छ : रामहरि खतिवडा

नेपाल फ्ल्यास
माघ १७, २०७७

ADVERTISEMENT

पोखारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताएका छन् ।

प्रेस युनियन कास्कीद्वारा शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता खतिवडाले नेपाली कांग्रेस विधि र प्रक्रियाअनुसार चल्ने पार्टी भएको उल्लेख गर्दै अदालतको निर्णयलाई शिरोधार्य गर्ने बताए । 

लामो समयदेखिको संघर्षको उपलब्धिस्वरुप प्राप्त संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको जनाउँदै खतिवडाले संविधानका विरुद्धमा हुने जुनसुकै गतिविधि पार्टीलाई मान्य नहुने बताए ।

मुलुकमा निर्वाचन भएमा पार्टीको महाधिवेशन भदौमा हुने र प्रतिनिधिसभा पुनःस्थापना भएको अवस्थामा भने आगामी जेठ महिनामा हुने उनको भनाइ छ ।

प्रेस युनियनका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र सचिव प्रदिप पौडेलले वर्तमान समसामयिक गतिविधिका बारेमा प्रकाश पारेका थिए । 


कस्तो लाग्यो ?

यो पनि