चैत १६, २०८०, शुक्रबार
               

यसकारण ताजा जनादेशमा जान उपयुक्त छ : कमल थापा

नेपाल फ्ल्यास
माघ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असफलता/अकर्मण्यता’बाट मुक्तिका लागि पनि ताजा जनादेशमा जानु उपयुक्त हुने बताएका छन् ।

नयाँ चुनावको समर्थन गर्नु प्रधानमन्त्री ओली वा सरकारको समर्थन गर्नु नभएको जिकिर गर्दै अध्यक्ष थापाले ‘संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य/मान्यताप्रतिको विश्वसाको अभिव्यक्ति भएको तर्क गरेका छन् ।

आज (शनिबार) बिहान सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘नयाँ चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधानरप्रजातन्त्रसम्मत छैन ।’

बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नेबारे संविधानमा अस्पष्टता रहेको भन्दै थापाले त्यसको निराकरण सर्वोच्च अदालतले गर्ने बताएका छन् । संसदीय प्रजातन्त्र भएको देशमा ताजा जनादेशमा जाने निर्णय स्वभाविक रहेको उनको तर्क छ ।

'विगतको अनुभव दृष्टिगतगर्दै संविधानले स्थिरतालाई जोडदिएको हो ।चुनावमा पूर्णबहुमत प्राप्त दल फुटाएर,सांसद किनबेच गरेर, अपवित्र गठबन्धन बनाएर सरकार बनाउ र अस्थिरताको श्रृंखला चलाउ भन्ने संविधानको आशय कदापि होइन', अध्यक्ष थापाले लेखेका छन्, 'बहुमतको सरकार चल्न नसके नयाँ चुनाव सर्वमान्य प्रजातान्त्रिक अभ्यास हो ।'

यसैबीच अध्यक्ष थापाले निहित स्वार्थको निमित्त करोडौं खर्च गरेर शक्ति प्रदर्शनको नाममा अदालतलाई धम्क्याउने र अस्थिरता सिर्जना गर्ने कार्यले संविधान र प्रजातन्त्रलाई कमजोर बनाउने बताएका छन् । 

सर्वोच्च अदालत र निर्वाचन आयोगले निर्णय गर्न ढिलो हुँदा राजनीतिक दल, नेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जाने खतरा हुने उनले औंल्याएका छन् ।

यो पनि