जेठ ०४, २०८१, शुक्रबार
               

नेपालमा गणतन्त्र नभई विद्यातन्त्र आएको कांग्रेस नेता पौडेलको भनाइ

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालमा गणतन्त्र नभई विद्यातन्त्र आएको बताएका छन् ।

काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भएको एक कार्यक्रमलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् ।‘केपी ओली गणतन्त्रवादी नेता होइनन्, उनी गणतन्त्रविरोधी नेता हुन् । यतिबेला नेपालमा गणतन्त्र होइन विद्यातन्त्र आएको छ’ पौडेलले भने।  

राष्ट्रपति विद्यादेवी भण्डारी  र प्रधानमन्त्री ओली संविधानभन्दा माथि बस्‍न खोजेको बताउँदै उनले ओली राजतन्त्र ल्याउन अग्रसर भइरहेको बताए ।

सो क्रममा उनले पार्टीको आन्तरिक किचलो बढ्दै गएको बताए । ‘पार्टी भित्रको झगडाको रिस प्रतिनिधिसभामाथि पोखियो। कसैसँग रिस उठेका आधारमा संसद् विघटन गर्न पाइन्छ,’ पौडेलले भने, ‘नेपालमा समृद्धि नआउनुको प्रमुख कारण प्रधानमन्त्री ओली हुन् । केपी ओलीले काँग्रेसलाई जिताउन चुनाव गर्नुहुन्न ।’


कस्तो लाग्यो ?

यो पनि