जेठ ०८, २०८१, मंगलबार
               

प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्धका मुद्दाको सुनुवाइ एकै बेन्चमा

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । अदालतको अवहेलना गरेकाे भन्दै प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध परेका मुद्दाकाे सुनुवाइ आज हुने भएको छ ।

अदालतमा विचाराधीन मुद्दा (प्रतिनिधि सभा विघटन) लाई प्रभावित बनाउने अभिव्यक्ति दिएको भन्दै परेका रिटको सुनुवाइ आज एउटै बेन्चमा तोकिएको छ ।

यी सबै मुद्दाकाे सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा हुने भएकाे हाे । 

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दर्ता गरेका हुन् ।

यस्तै पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरे र पूर्व प्रधानन्यायाधीहरूविरुद्ध धनजित बस्नेत र लोचन भट्टराईले अवहेलान मुद्दा दायर गरेका हुन् ।

पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलाना मुद्दा दर्ता भएको हो ।


कस्तो लाग्यो ?

यो पनि