जेठ ०८, २०८१, मंगलबार
               

डा. केसीको ओलीप्रति शुभेच्छा : तानाशाह भए पनि इमानदार भइदिएको भए हुन्थ्यो

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकको भाषा सुन्ने बताउने बताएका छन् । बुधबार नागरिक समाजको प्रदर्शनलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् ।  

डा. केसीले सार्वभौम नागरिक भएकाले भोट दिएर जिताएकालाई सडकमा ल्याउन पनि नागरिकले जानेको बताउँदै भने, ‘त्यो पनि हाम्रो अधिकार हो । ओलीले सडकको भाषा बुझ्दैनन् भने पनि उनलाई सुन्ने र बुझ्ने बनाइन्छ ।’

अहिलेसम्म आएका परिवर्तन सडकको भाषाकै कारण आएको बताउँदै उनले सडकको भाषा सुन्न नसक्ने भनेपछि प्रधानमन्त्री कतिसम्मका तानाशाह होलान् त भनी आश्चर्य प्रकट गरे । 

‘अहिले केपी ओलीको प्रतिगमनविरुद्ध जनता सडकमा आएका छन्,’ केसीले भने, ‘ओलीले सडकमा आएर हुन्छ ? यो त हाम्रो तजबिजको कुरा हो, संविधानको तजबिजको कुरा हो भन्दै हिँडिरहनुभएको छ । यो शब्द आफैँमा तनाशाह हो ।’

तर, उनले ओली तानाशाह भए पनि इमानदार भएको भएको भए हुन्थ्यो भनी शुभेच्छा राखे । ‘कुनै इमानरिता, नैतिकता छैन, जे मन लाग्यो त्यही भन्दै हिँडेका छन् । उनी बेइमान तनाशाह हुन् । शहीदले आहुति दिएर ल्याएको संविधानलाई तोडमोड र बलात्कार गरी संसद् विघटन गरे,’ उनले भने, ‘प्रधानमन्त्री तानाशाह भए पनि इमानदार भइदिएको भए हुन्थ्यो।’

संविधानले नदिएको अधिकार प्रयोग गरेको बताउँदै उनले संविधानभन्दा माथि बसेर काम गर्ने भनेपछि उनी त श्री ३, ५ होइन कि श्री ७ महाराजधिराज भए भन्दै  जिज्ञासा व्यक्त गरे ।


कस्तो लाग्यो ?

यो पनि