जेठ ०८, २०८१, मंगलबार
               

चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख ढुंगानाविरुद्ध अवहेलना मुद्दा

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै विज्ञप्ति जारी गरेका सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ। चारैजना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख ढुंगानालाई विपक्षी बनाउँदै राजाराम घिमिरेले रिट दायर गरेका हुन् । विचाराधीन मुद्दामा पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख ढुंगानाले टिप्पणी गर्दै अदालतको अवहेलना गरेको दाबी निवेदनमा छ ।

पूर्वप्रधानन्याधीश अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सशीला कार्कीले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको टिप्पणी गरेका थिए । पूर्वसभामुख ढुङगानाले सडकबाट न्यायाधीश तान्ने दिन नआओस् भनी अभिव्यक्ति दिएका थिए ।

उनीहरूले विचाराधीन मुद्दामा टिप्पणी गर्दै अदालतको अवहेलना गरेको दाबी निवेदनमा गरिएको छ। उनीहरुले आफै उपस्थित भएर जवाफ दिन भनिएको छ । 

उनीहरूको अभिव्यक्तिले विचाराधीन प्रतिनिधि सभा विघटनका मुद्दामा हस्तक्षेप गरेको जिकिर निवेदनमा गरिएको छ । मंगलबारै प्रधानमन्त्री केपी ओलीविरुद्व दुई पनि अदालतको अवहेलनामा दुई थान निवेदन दर्ता भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि