जेठ ०८, २०८१, मंगलबार
               

ताजा जनादेशमा जान सक्ने भए पनि दुई तिहाइ चाहियो भन्नु हिटलर प्रवृत्ति : वरिष्ठ अधिवक्ता थापा

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृत्ति देखिएको बताएका छन् । थापाले प्रधानमन्त्रीले संसद विघटन गरेपछि सबै थोक सकिएको बताए- ‘जनप्रतिनिधिमूलक निकाय भंग गरेपछि सबैथोक सकियो । उहाँ(प्रधानमन्त्री) अहिले आफैंलाई दुई तिहाइ भन्दै हिँड्नुभएको छ ।’ 

आफ्नो फाइदाका लागि नभएको अधिकार प्रयोग गर्ने, निजी हितका लागि संसद विघटन गर्ने र राष्ट्रपतिलाई गरेको  सिफारिस तथा सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफबाट हिटलर प्रवृत्ति देखिएको बताए- ‘मलाई नै दुई तिहाइ चाहियो भन्न मिल्छ श्रीमान ?’

साथै संवैधानिक नियुक्तिलाई सदर गर्न प्रतिनिधिसभा विघटन गरिएको जिकिर समेत थापाले गरे वैकल्पिक सरकार छैन भन्ने प्रधान मन्त्रीलाई अधिवक्ता थापाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न तथा संसदमा भिड्न बाटो खुला रहेको बताए। तर, प्रतिनिधिसभा विघटनको अधिकार नभएको उनको भनाइ थियो । 

उनले प्रधानमन्त्रीले संसद सञ्चालन भएका बेला कुनै निश्चित विषयलाई लिएर ताजा जनादेशमा जान सक्ने भए पनि दुई तिहाइ चाहियो भन्नु हिटलर प्रवृत्ति भएको बताए । संसदमा वैकल्पिक सरकार बन्ने सम्भावना नभएको भनी न्यायाधीशले पनि विगतमा सोधेको प्रश्नतिर लक्षित गर्दै थापाले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म त वैकल्पिक सरकार खोज्न नमिल्ने बताए । ‘तपाईले (प्रधानमन्त्रीले) राजीनामा दिएपछि पो वैकल्पिक सरकार बन्छ त’ उनले भने ।


कस्तो लाग्यो ?

यो पनि