जेठ ०८, २०८१, मंगलबार
               

नागरिक अगुवा भन्छन् : अब तेस्रो जनआन्दोलन सुरु हुन्छ

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । वरिष्ठ पत्रकार नारायण वाग्लेले देशमा तेस्रो जनआन्दोलन सुरु भएको  बताएका छन् । 

शान्तिपूर्ण आन्दोलनमा उत्रिएका उनीसहित नागरिक अगुवामाथि प्रहरीले गरेको पानीको फोहोरा र लाठीचार्जपश्चात् संबोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

‘हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौँ । बिनासूचना बर्बर दमन गर्‍यो,’ वाग्लेले भने, 'अब तेस्रो जनआन्दोलन सुरु भयो ।’ सो क्रममा उनले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार आफूहरुले गर्ने बताए ।

‘आन्दोलनमा घाइते भएकाहरुको उपचार हामी आफैँ गर्नेछौँ,’ वाग्लेले भने, ‘घाइते भएका हाम्रा साथीहरुको यथार्थ जानकारी संकलन गर्नेछौँ । सरकारको लालच हामीलाई चाहिँदैन । हामी आफैँ उपचार गर्नेछौँ ।’

कमलपोखरीको माटो लगाएर सुरु भएको र्‍याली कमलपोखरीबाट हात्तीसार, नागपोखरी, नक्साल हुँदै भाटभटेनीबाट बालुवाटारतर्फ बढेको थियो । सोही क्रममा प्रहरीले प्रदर्शनकारीमाथि हस्तक्षेप गरेको थियो । तर,प्रहरीले सुरक्षा घेरा तोडेर अघि बढेपछि लाठीचार्ज गरेको बताएको छ । 

लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट नारायण वाग्ले, मोहना अन्सारी, अरुणदेव जोशी, निर्घ नवीन, संघर्ष दाहाल, स्वर्णिम दिनेशलगायत दर्जनौँ अभियन्ता घाइते भएका छन् । 

आन्दोलनका क्रममा प्रहरी हस्तक्षेपबाट एक घाइतेको गम्भीरकोटिचिङ अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। प्रदर्शनमा प्रहरीको लाठीबाट कुमार बर्तौला‚ संघर्ष दाहाल‚ दिनेश रावललगायत घाइते भएका छन् । यसका अलवा अन्य घाइतेको नामावली संकलन हुँदै छ ।

त्यसैगरी, नागरिक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेता रघुजी पन्त पनि शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको बताउँछन् । प्रहरीको कदमलाई अलोकतान्त्रिक बताउँदै उनले सोको जतिसुकै भर्त्सना र आलोचना गरे पनि कम हुने बताए ।यसै क्रममा उनले प्रहरी दमनविरुद्ध आमनागरिकलाई सडकमा उत्रन आह्वानसमेत गरे । 

‘असंवैधानिक प्रतिनिधिसभा विघटनको सडकमा आउनुबाहेक अर्को विकल्प छैन’ पन्तले भने  ‘सबै साथीहरु नागरिक आन्दोलनलाई साथ दिन उत्रनुहोस् । मूलतः संविधानको रक्षाका लागि आमनागरिकलाई सडकमा आउन आग्रह गर्छु ।’

तस्वीर

यो पनि