काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्रमा छापिएको सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ ।
अधिवक्ता गोविन्द बन्दीका अनुसार नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले आइतबार सो निवेदन दिएका हुन् ।
नेकपाको प्रचण्ड–माधव नेपाल समूहका नेताहरू कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतले संवैधानिक इजलासमा निवेदन दिएका हुन् ।
बिहीबार इजालसमा प्रश्न उठेपछि मात्रै राजपत्रमा सूचना छापेको आरोप छ ।
शुक्रबार मात्रै इजालसमा राजपत्रको सूचना पेस भएको थियो ।
वेवसाइटमा शुक्रबार मात्रै अपलोड भएको सो सूचना पुस ५ गतेकै मितिमा थियो ।