असोज ०६, २०८१, आइतबार
               

संसद् पुनर्स्थापना कांग्रेसको पहिलो प्राथमिकता : शशांक कोइराला

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

कञ्चनपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको पहिलो प्राथमिकता संसद् पुनर्स्थापना रहेको बताएका छन् ।

शनिबार बिहान कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मलेनमा महामन्त्री कोइरालाले कांग्रेस संसद पुनर्स्थापना हुनुपर्छ भन्ने पक्षमा रहेको बताए ।

‘कांग्रेसको पहिलो प्राथमिकता संसद् पुनर्स्थापना हुनुपर्छ भन्नेहो, अहिले हामी त्यसैका लागि संघर्ष गरिरहेका छौँ’, उनले भने ।

महामन्त्री कोइरालाले संसद पुनर्स्थापना नभए पनि तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको जिकिर गरे । उनले नेकपा औपचारिक रुपमा फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने नहुने स्पष्ट नरहेको बताए ।

उनले अहिलेको राजनीतिक परिस्थितिका कारण तोकिएको समयमा महाधिवेशन हुन नसकेको बताए । उनले त्यसका लागि अहिले क्रियाशील सदस्यताको नामावली संकलन गर्न कार्य भइरहेको जानकारी दिए ।

‘जिल्ला–जिल्लाबाट आउनुपर्ने क्रियाशीलको नामावली अझै आउन सकेको छैन’, उनले भने, ‘समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो ।’

मातृशोकमा रहेका नेपाली कांग्रेसका नेता दीलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा कोइरालासहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार साँझ कञ्चनपुर आइपुगेको थियो ।


कस्तो लाग्यो ?

यो पनि