बैशाख २१, २०८१, शुक्रबार
               

उपराष्ट्रपति पुन र प्रचण्डबीच भेटवार्ता, बाबुराम पनि पुगे

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड माधव नपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपराष्ट्रपति नन्दबहादुर पुनबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राजधानीमा आज काठमाडौंमा भएको सभालाई सम्बोधन गरेलगत्तै प्रचण्ड उपराष्ट्रपति भवन लैनचौर पुगेका हुन् ।

उपराष्ट्रपति पुनसँग करिव आधा घण्टा छलफल गरेर प्रचण्ड उपराष्ट्रपति भवनबाट बाहिरिएको सुरक्षा स्रोतले जनाएको छ । 

प्रचण्डसँगै जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्न गएको स्रोतले जनाएको छ ।

उपराष्ट्रपतिसँग प्रचण्ड र बाबुरामको संयुक्त भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

तीनैजना माओवादी जनयुद्धकालका प्रमुख नेताहरु हुन् । 

यो पनि