बैशाख २६, २०८१, बुधबार
               

यसकारण मुलुक संंकटमा पर्‍यो : कमल थापा

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/०६३ पछि अवलम्वन गरिएको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताएका छन् ।

आज मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले कांग्रेस र कम्युनिस्ले लिएको गलत बाटोले मुलुकलाई अधोगतितर्फ लगेकोले अब राप्रपालाई विकल्पको रुपमा स्थापित गर्नुपर्ने बताए ।

गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने ठोकुवा गर्दै थापाले धर्म, संस्कृति र पहिचान रक्षाको निमित्त नयाँ पुस्ता अग्रसर हुनुपर्ने बताए ।

राप्रपा राजासहितको प्रजातन्त्रको पक्षमा रहेको निरंकुशताको पक्षमा नभएको स्पष्ट पार्दै उनले अभिभावकको भूमिकामा मात्र राजसंस्था रहने बताए ।

फरक विचारसहितको राष्ट्रवादी शक्ति निर्माणमा राप्रपा लागिरहेको चर्चा गर्दै थापाले मुलुक बनाउन र बचाउन राप्रपा बलियो हुनेपर्ने विचार व्यक्त गरे ।

भ्रष्टाचार, धर्म परिवर्तन, सर्वसत्तावाद र बेरोजगारी अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले मुलुकलाई निकास दिन सबै शक्ति र विचार अट्ने राज्य प्रणाली आवश्यक भएको बताए ।

कार्यक्रममा बोल्दै राप्रपा नेता मधु अधिकारिले कांग्रेस कम्युनिस्ट असफल भएको, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण राज्यबाटै भएको भन्दै राज्य व्यवस्था परिवर्तन नगरी नयाँ आशा दिन नसकिने दाबी गरे ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्नेलाई अध्यक्ष थापाले स्वागत गरेका थिए ।

यो पनि