काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजना गरिएको निर्वाचन तयारीको छलफलमा नाराबाजी भएको छ ।
शुक्रबार जिल्ला निर्वाचन कार्यालय मोरङले आयोजना गरेको सर्वपक्षीय छलफललाई बहिष्कार गर्दै प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको हो ।
प्रचण्ड–माधव समूहबाट क्षेत्रीसहित चार प्रतिनिधिले सो छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमले संविधानमाथि प्रहार भएको बताएका थिए ।
निर्वाचनको विषयलाई लिएर मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलासँग उनीहरुको सवालजवाफ भएको थियो । पुसमा ५ मा सरकारले वैशाख १७ र २७ गरी दुई दिनका लागि चुनाव घोषणा गरेको छ ।