मंसिर ०७, २०८१, शुक्रबार
               

नेपाल हाम्रो भाइजस्तै हो, उसले जे भने पनि रिसाउँदैनौ : भारतीय रक्षामन्त्री सिंह

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालले आफूहरूका बारेमा जे भने पनि नरिसाउने बताएका छन् ।

भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा उनले नेपाल आफ्नो भाइ जस्तै रहेको भन्दै भाइले जे भने पनि आफू नरिसाउने बताएका हुन् । 

 नेपाल पछिल्लो समय भारतसँग चिढिएको छ ? भनेर सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘नेपालसँग हाम्रो प्रगाढ सांस्कृतिक सम्बन्ध छ । नेपाल हाम्रो छिमेकी मात्र होइन नेपाल हाम्रो भाइ हो। भाइले हामीबारे जस्तो टिप्पणी गरे पनि हामी नेपालविरुद्ध कुनै आपत्तिजनक प्रतिक्रिया जनाउँदैनौ ।’

लामो समय रोकिएको संयुक्त आयोगको बैठकमा सहभागी भई दिल्लीबाट फर्केका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भ्रमण सफल कि असफल ? भन्दै नेपालमा बहस हुँदै गर्दा भारततर्फबाट यस्तो धारणा आएको हो । नेपालका परराष्ट्रमन्त्री ज्ञवालीसँग भेट गरेको केही दिनपछि भारतीय रक्षामन्त्री सिंहले नेपालबारे यस्ताे टिप्पणी गरेका हुन् ।

सिंह र ज्ञवालीविच शनिबार दिल्लीमा भेटवार्ता भएको थियो ।

परराष्ट्रमन्त्री  ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटको लागि समय नदिएको भन्दै भारतको आलोचना भइरहेका बेला भारतीय रक्षामन्त्री सिंहले नेपालसँग शत्रुता कल्पना पनि गर्न नसकिने बताएका छन् ।

‘नेपालसँगको शत्रुता आफूले कुनै पनि अवस्थामा कल्पना गर्न सकिँदैन,’ जनस्तरमा प्रगाढ सम्बन्ध भए पनि सरकारसँग त छैन नि ? भन्ने प्रश्नमा उनको जवाफ थियो ।

मन्त्री ज्ञवाली गत साता परराष्ट्रमन्त्रीस्तरीय नेपाल-भारत संयुक्त बैठकका लागि दिल्ली गएका थिए । उनी अहिले फर्किसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि