जेठ १०, २०८१, बिहीबार
               

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरू भएको छ ।

 आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा आज (मंगलबार) पनि बहस सुरु भएको हो ।

यसअघि सोमबार अधिवक्ताद्वय दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले उक्त मुद्दामाथि बहस गरेका थिए ।

दुवै अधिवक्ताले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको बताए ।

मंगलबारको पहिलो बहस रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले गरेका छन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी छन् ।

यो पनि