मंसिर ०१, २०८१, शनिबार
               

संवैधानिक सुनुवाइ : प्रधानन्यायाधीशको प्रश्नमा भीमार्जुनको जवाफ

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । भीमार्जुन आचार्यले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको ‘व’ उच्चारण गर्ने अधिकार नभएको बताएका छन् ।

आइतबार रिट निवेदकहरुको तर्फबाट बहस गर्दै अधिवकता आचार्यले सो कुरा बताएका हुन् । बहसका क्रममा उनले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय भएको बताए ।

समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा नभएपछि संसद विघटन गरी प्रधानमन्त्रीले विशुद्ध राजनीतिक विषय बनाएको उनले बताए । बहुमतप्राप्त प्रधानमन्त्रीले संसद् विघटनको कुरा उच्चरण गर्न नमिल्ने बताउँदै उनले संसद विघटन राजनीतिसँग नभई संविधानसँग जोडिएको बताए ।

‘संसद् विघटन विशुद्ध राजनीतिक घटना नभई संवैधानिक विषय हो,’ बहसका क्रममा अधिवक्ता आचार्यले भने, ‘संविधानको धारा ७६ को उपधारा १, ३ र ७ अनुसार मन्त्रिपरिषद्का सबै सदस्य संसदप्रति उत्तरदायी हुनुपर्छ । प्रधानमन्त्रीलाई विघटनको ‘व’ पनि उच्चारण गर्ने अधिकार छैन ।’

बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संविधानमा त समयअगावै भन्ने पनि छ नि भन्दै प्रश्न गरेका थिए । सोको जवाफमा आचार्यले ‘मैले चाहेमा भन्ने कहीँ छ र श्रीमान्’ भनी प्रश्न गरेका थिए । 

यो पनि