मंसिर ०१, २०८१, शनिबार
               

प्रतिनिधिसभा विघटनविरुद्धका रिटको सुनुवाइ सुरु

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता  भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस सुरु भएको छ ।

आइतबार निवेदकहरूले समय मिलाउन माग गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले इजलाशले हाेइन आफैं समय मिलाएर बाेल्न निवेदकहरुलाई आग्रह गर्दै बहस सुरू गरेका हुन् ।

उनले प्रतिनिधि सभा विघटन गम्भीर विषय भएकाले निवेदकले आफैं समय मिलाएर बाेल्नका लागि आग्रह गरेका हुन् । 

यसअघि वृहत पूर्णइजलासमा रिटहरुको सुनुवाइ गर्ने कि संवैधानिक इजलासमा भन्नेमा विवाद थियो । तर, सर्वोच्च अदालतले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १३ रिट निवेदन दर्ता भएको छ । 

यो पनि