जेठ ०७, २०८१, सोमबार
               

ओलीलाई यो अवस्थामा ल्याउन प्रचण्ड–नेपाल समूहको अहम भूमिका छ: नेता थापा

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री एवम् ओली समूह (नेकपा)का अध्यक्षले गल्ती ढाकछोपका लागि लगातार छुट बोल्दै आएको बताएका छन् । त्यसैगरी, उनले राष्ट्रपति विद्यदेवी भण्डारीले पनि एकपछि अर्को गरेर कीर्ते गरेको आरोप लगाएका छन् । 

शनिबार ललितपुरको एक सभालाई संबोधन गर्दै नेता थापाले राष्ट्रपति र प्रधानमन्त्रीमाथि सो आरोप लगाएका हुन् । सो संबोधनका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लगातार झुट बोल्दै बएकाले उनको नाम खड्गप्रसाद ओली नभई कीर्तेप्रसाद ओली राख्नुपर्ने बताए ।

थापाले भने, ‘केपी ओलीको नामको पूरा रुप अब खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो ।’ सो क्रममा उनले प्रधानमन्त्रीले प्रचण्ड–नेपाल समूहलाई हेप्दाहेप्दै संविधानलाई नै हेपेको बताए । केपी ओलीलाई यो अवस्थामा ल्याउन प्रचण्ड–नेपाल समूहको अहम भूमिका रहेको उनको भनाइ छ ।

यो पनि