बैशाख ३१, २०८१, सोमबार
               

मुख्यमन्त्री शेरधन राईको माघ ११ गते बिहे

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई माघको ११ गते विवाह बन्धनमा बाँधिने भएका छन् । मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईका अनुसार मुख्यमन्त्री राईको माघ ११ गते विवाह पक्का भएको हो ।

अमेरिकामा बसोबास गर्दै आएकी युवतीसँग मुख्यमन्त्रीको विवाह हुने पक्का भएको मुख्यमन्त्रीका स्वकीय सचिव राईले जानकारी दिए ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार विवाह काठमाडौँमा हुने भएको छ। युवतीका आमाबुबा अमेरिकामा बस्दै आएको बताइएको छ ।

स्रोतका अनुसार मुख्यमन्त्री राईले संखुवासभाकी शेर्पा समुदायको युवतीसँग विवाह गर्न लागेका हुन् ।

विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुनेछ । विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारी लगायतको सहभागिता रहने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि