बैशाख ३१, २०८१, सोमबार
               

नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

नेपाल र भारतबीच संयुक्त आयोगको बैठक सम्पन्न भएको छ ।

नयाँ दिल्लीको हैदरावाद हाउसमा शुक्रबार भएको आयोगको छैठौं बैठक केही घण्टा बसेर सम्पन्न भएको हो ।

सो बैठकमा भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरले आआफ्ना देशका प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

बैठकका क्रममा भएका सहमतिहरुमा दुई देशका मन्त्रीले हस्ताक्षर गरेका छन् ।

बैठक सुरु हुनुअघि परराष्ट्रमन्त्री ज्ञवाली र उनका समकक्षी जयशंकरबीच भेटवार्ता भएको थियो । त्यसलगत्तै संयुक्त आयोगको बैठक सुरु भएको हो ।

दुई मन्त्रीले अध्यक्षता गर्ने सो बैठकमा द्विपक्षीय सम्बन्धका समग्र पक्षबारे छलफल हुने कार्यक्रम रहेको थियो ।

भारतको तीन–दिने भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली हिजो बिहीबार नयाँ दिल्ली पुगेका हुन् ।

यो पनि