असोज ०५, २०८१, शनिबार
               

नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठको भनाइ

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले हरेक नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार सिरहाको सुखीपुर नगरपालिका–४ मा आयोजित शीतलहर र चिसोबाट प्रभावितका लागि न्यानो कपडा वितरण कार्यक्रमका उनले सो बताएका हुन् । त्यसैगरी, उनले शीतलहर र चिसोका कारण अनाहकमा कसैले पनि ज्यान गुमाउन नपोस् भनी सरकारले समयमै विपद् व्यवस्थापनको तयारी गरेको बताए ।

‘विगतका वर्षमा चिसो र शीतलहरका बेला अनाहकमा धेरैले ज्यान गुमाउनुपर्ने अवस्था थियो’, मन्त्री श्रेष्ठले भने ‘अब यस्तो अवस्था आउन नदिन सरकार गम्भीर छ र हरेक नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ ।’

हरेक वर्ष चिसो मौमसका बेला बालबालिका र ज्येष्ठ नागरिक अत्यधिक समस्यामा पर्ने गरेकाले सोहीअनुसारको पूर्वतयारी गरिएको उनको भनाइ छ । 

मन्त्री श्रेष्ठले चिसोका बेला खासगरी विपन्न, दलित र गरीब परिवार बाढीपीडित हुने गरेकाले समयमै विवरण सङ्कलन गरेर न्यायो कपडा र राहतको व्यवस्थापन गर्न स्थानीय सरकारसँग आग्रह गर्दै नागरिकको सुरक्षा गर्ने कार्यमा सरकारले कुनै कमजोरी हुन नदिने बताए । सिरहा जिल्लाको सडक सञ्जाल बिस्तार, अस्पताल निर्माण, दलितका लागि सामुदायिक भवन र आवास कार्यक्रमलाई सरकारले तीव्ररुपमा अगाडि बढाउने उल्लेख गर्दै उनले यस्ता कार्यले जिल्लाको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएकाले तीनै तहका सरकारले समन्वय गरी विपद्बाट नागरिकलाई जोगाउनुपर्ने बताए । सो अवसरमा मन्त्री श्रेष्ठले ज्येष्ठ नागरिक, आपाङ्ग, विपन्न परिवारका २०० जनालाई न्यानो सिरक वितरण गरे ।


कस्तो लाग्यो ?

यो पनि