बैशाख ३०, २०८१, आइतबार
               

पेरिसडाँडामा प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक जारी

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

प्रतिगमन विरोधी आन्दोलन सशक्त पार्ने कार्यक्रम तय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षको स्थायी कमिटी बैठक जारी छ । ११ बजेपछि कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडमा सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ।

अहिले बैठकमा माधव नेपाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भइरहेको नेताहरूले बताएका छन् । बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने बताइएको छ ।

बैठक आजै सक्ने तयारी रहे पनि छलफलका आधारमा निर्णय हुने नेताहरु बताउँछन् । पुस ५ गतेको प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने निर्णयविरुद्ध अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपा लगातार आन्दोलनमा छ । आन्दोलनलाई थप प्रभाकारी र सशक्त बनाउन बैठकले निर्णय गर्ने तयारी गरेको बुझिएको छ ।


कस्तो लाग्यो ?

यो पनि