काठमाडौं । भारतीय विदेश मन्त्रालयले राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमासम्बन्धी विषयमा छलफल नगर्ने संकेत गरेको छ ।
भारतीय विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता अनुराज श्रीवास्तवले सीमासम्बन्धी विषयमा छलफल नहुने बताएका हुन् ।
पत्रकार सम्मेलनमा उनलाई के वैठकमा सीमा विवादबारे कुराकानी हुन्छ ? भनी सोधिएको थियो । सोको जवाफ दिँदै उनले भने, ‘सीमा विवादबारे हाम्रो पोजिसन स्पष्ट छ । जेसिएम (संयुक्त आयोग) र बाउन्ड्री वार्ता दुई पृथक संयन्त्र हुन् ।’
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली ओर्लेको केही घन्टामा भारतीय विदेश मन्त्रालयका प्रवक्ताल सो कुरा बताएको । हो ।
ज्ञवाली बिहीबारै सोतर्फ गएका थिए । सीमा विवादबारे आफ्नो पोजिसन स्पष्ट रहेको बताउँदै प्रवक्ता श्रीवास्तवले जेसिएम (संयुक्त आयोग) र बाउन्ड्री वार्ता दुई पृथक संयन्त्र भएको बताएसँगै नेपालको पछिल्लो राजनीतिक घटनासँग जोडेर फरक आँकलन गर्न थालिएको छ ।
केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीको आमसभालाई संबोधन गर्दै १४ तारिखमा परराष्ट्रमन्त्री भारत गएसँगै सीमा विवाद समाधानउनुमुख हुने अभिव्यक्ति दिएका थिए ।