काठमाडौै । संसद विघटनलाई असंवैधानिक भन्दै विरोध तथा प्रदर्शनमा उत्रेका नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
संसद विघटनलाई असंवैधानिक भनी कपाल मुण्डन गरी आन्दोलनमा उत्रने उनीहरु बुधबार पक्राउ परेका हुन् । कपाल मुण्डन गरी मलामी बनेर विरोध प्रदर्शन गर्ने उनीहरुको तयारी थियो ।
काठमाडौंको मध्यबानेश्वरमा नेविसंघका कार्यकर्ताले ओलीको कदमविरुद्ध कपाल मुण्डन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।
पुस ५ मा संसद विघटनसँगै राजनीतिक दललागयत नागरिक समाज सडकमा उत्रिँदै आएका छन् ।