जेठ ०६, २०८१, आइतबार
               

हाम्रो रगतमा ओली खेल्न लागे : बाबुराम भट्टराई

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही फाँसीवादको बाटोमा हिँडेको बताएका छन् । 

ओलीले सर्वनाश नभएसम्म आफूले नछाड्ने नीति लिएको 
पूर्व प्रधानमन्त्री समेतर रहेका डा. भट्टराईको आरोप छ ।

जसपाको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै भट्टराईले ओलीले लोकतान्त्रिक गणतन्त्र, संघीयता र जनमतमाथि खेलेको भन्दै यी सबैकुरा सखाप पार्ने अभियानमा ओली रहेको आरोप लगाए ।

ओलीको कदम धर्मनिरपेक्षता र संघीयतालाई सिध्याउनेतिर लागेको भन्दै डा. भट्टराईले आफूहरुको रगतमा ओलीले खेल्न लागेको आरोप लगाए । 

उनले अब जनताले ओलीलाई छाड्न नहुने र शून्यमा झार्नुपर्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि