बैशाख २७, २०८१, बिहीबार
               

बृहत् पूर्ण इजलासको माग गर्दै सर्वोच्च पुगे देव गुरुङ

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइ संवैधानिक इजलासमा हुन लागेका बेला रिट निवेदकमध्येका नेकपा नेता देव गुरुङ पनि सर्वोच्च अदालत पुगेका छन् ।

विघटित प्रतिनिधिसभामा नेकपा संसदीय दलको प्रमुख सचेतक रहेका गुरुङसहितका नेकपा सांसदले पनि रिट दायर गरेका थिए ।

यसअघि रिट निवेदक वकिलहरुमात्र सहभागी भएकोमा आजको सुनुवाईमा गुरुङ पनि पुगेका हुन् । गुरुङ पूर्व कानुनमन्त्री समेत हुन् ।

आजबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुँदैछ । तर रिट निवेदक गुरुङसहितले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको बृहत पूर्ण इजलासमा हुनुपर्ने माग गरेर निवेदन दिएका छन् ।

यो विषय आजको सुनुवाइको शुरुमै उठाउने तयारी निवेदकहरुको छ ।

यो पनि