जेठ ०७, २०८१, सोमबार
               

संवैधानिक इजलास पुनर्गठन : हरिकृष्णको ठाउँमा सपना

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश सपना मल्ल प्रधानलाई राखेका छन् ।

यसअघि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्की कन्फिल्ट अफ इन्ट्रेटको विषय उठेपछि बाहिरिएका थिए ।

प्रधानन्यायाधीश जबराले इजलासमा अन्य भने पुरानै न्यायाधीशलाई निरन्तरता दिएका छन् । ती न्यायाधीश हुन्, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी । 

न्यायाधीश प्रधानका विषयमा पनि कानुन व्यवासायीले प्रश्न उठाउन सक्ने छन् । 

प्रधान पहिलो संविधानसभामा तत्कालीन नेकपा एमालेतर्फबाट सांसद भएकी थिइन् । 

केपी शर्मा ओली २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा वर्तमान न्यायाधीश कार्की महान्यायाधिवक्ता थिए ।

उनलाई संवैधानिक इजलासमा राखिएपछि संसद् विघटनविरुद्ध बहस गर्ने कानुन व्यवसायीले प्रश्न उठाएका थिए । 

त्यसैले उनी गत बुधबार इजलासबाट बाहिरिएका हुन् । 

यो पनि