बैशाख १९, २०८१, बुधबार
               

विदेशी पाहुँना आउँछन् भलो चिताउँछन् जान्छन् : प्रधानमन्त्री

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको विपक्षमा उभिएका पूर्वप्रधानन्यायाधीश र नागरिक समाजका अगुवाको आलोचना गर्दै छिमेकी मुलुकका पाहुँना नेपाल आउने भलो चिताउने र जाने गरेको बताएका छन्। 

पूर्वन्यायाधीशको संयुक्त वक्तव्य र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्तिप्रति लक्षित गर्दै आइतबार राष्ट्रियसभा बैठकलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

पूर्वप्रधानन्याधीशहरुले वक्तव्य जारी गरी संसद विघटनलाई असंवैधानिक भनी सामूहिक वक्तव्य जारी गरेका थिए भने शनिबार भट्टराईले उत्तर-दक्षिणबाट नेपाल आउनेहरु के चिया खान मात्रै आएका हुन् भनी प्रश्न गरेका थिए ।

संबोधनका क्रममा उनले पूर्वप्रधानन्यायाधीशतर्फ संकेत गर्दै उनले सडकमा उर्लिएर स्वतन्त्र न्यायालयलाई लल्कारेको बताए । सो सन्दर्भमा उनले पूर्वन्यायाधीशहरुले आफ्नो कार्यकालमा कस्तो न्याय दिनुभयो भनी प्रश्न गरे । 

बुद्धिजीवी भन्नेले पनि राजनीतिक पक्षधरता देखाएको प्रधानमन्त्री ओलीको आरोप छ । न्यायालयलाई दबावमा पार्न खोजिएको भन्दै उनले भने, ‘म भन्न चाहन्छु, न्यायालय दबावमा पर्न हुन्न । सरकार र मैले नेतृत्व गरेको नेकपाले अदालत, शक्ति पृथकीकरणको सिद्धान्त मान्छ ।’

यो पनि