जेठ ०५, २०८१, शनिबार
               

प्रचण्ड स्वदेश फर्किए

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुम्बईबाट फर्किएका छन् । मुम्बईको न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बई पुगेका थिए ।

प्रचण्ड नेपाल वायुसेवा निगमको उडानमा नयाँ दिल्ली हुँदै काठमाडौँ आएका हुन् । उनी छोरी गंगा दाहालसँगै पत्नी सीताको उपचारको लागि गत सोमबार मुम्बाई गएका थिए । सीता लामो समयदेखि अस्वस्थ रहँदै आएकी छन् ।

पार्किन्सनको बिरामी रहेकी उनी सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई केही दिनअघि मात्र काठमाडौँको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई मुम्बाई लगिएको हो ।


कस्तो लाग्यो ?

यो पनि