चैत १५, २०८०, बिहीबार
               

एकीकरण पदयात्रालाई राप्रपा धादिङको स्वागत

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

धादिङ । नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोर्खाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले गरेको एकीकरण पदयात्रालाई धादिङमा भव्य स्वागत गरिएको छ ।

गोरखाबाट सुरु भएको पदयात्रा बिहीबार धादिङ हुँदै नुवाकोट पुगेको छ । धादिङ प्रवेशको क्रममा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको सल्यानटारमा स्थानीयवासी तथा राप्रपा कार्यकर्ताहरूले स्वागत गरेका थिए । 

त्यसैगरी धादिङको नेत्रावती गाउँपालिका ५ को भोटेपँधेरोमा पनि राप्रपाका कार्यकर्ता तथा स्थानीय नागरिकले स्वागत गरे । त्यसपछि सोही गाउँपालिकाको वडा ४ को खार्पुमा राप्रपाका जिल्ला अध्यक्ष नवराज श्रेष्ठ नेतृत्वमा राप्रपा कार्यकर्ताहरूले स्वागत गरेको थिए । राप्रपाको सो टोलीले नुवाकोटको सीमाना भर्‍याङभुरुङ खोलासम्म ल्याएर नेपाली सेनाको एकीकरण पदयात्रा टोलीलाई बिदाइ गरेको थियो ।

गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याएको टर्च र झन्डा धादिङको बोर्लाङघाटमा आएर धादिङस्थित नेपाली सेनाको श्री देवीदत्त गणलाई हस्तान्तरण गरेको थियो ।

बुधबार बोर्लाङबाट हिँडेको सेनाको टोली बुङकोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङ्गा, रानीपौवा, कालोढुङ्गा, खहरे, चरङ्गे पौवा, चरङ्गे आएर बसेको छ । देवीदत्त गणका प्रमख सेनानी दिनेश कार्कीले पदयात्राको नेतृत्व गरेका छन् ।

टर्च र झन्डासहित काठमाडौंको पल्टन पुस २७ गते पृथ्वीजयन्तीको दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने छ । गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्म उक्त पदमार्गको दूरी २६ कोस रहेको छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट र विसं १८२५ मा काठमाडौँ जितेका थिए । त्यस क्रममा उनी दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाडौंसम्म ओहोरदोहोर गरेका थिए । नेपाली सेनाले त्यही एकीकरण हुँदाको मार्गलाई रोजेर पदयात्रा गरेको हो । 

राप्रपा नेता बुद्धिमान तामाङले पदयात्राप्रति गौरव महसुस गर्दै स्वागत र प्रोत्साहन गर्नेप्रति आभार व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्री तामाङले एकीकरण पदयात्राप्रति गौरव गरेका हुन् ।

नेपाली सेनाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा गोरखादेखि काठमाडौंसम्म हिँडेको बाटो पारेर पदयात्रा...

Posted by बुद्धिमान तामाङ on Thursday, January 7, 2021

कस्तो लाग्यो ?

यो पनि