जेठ ०४, २०८१, शुक्रबार
               

राष्ट्रिय एकता दिवस मनाउन मनीषा कोइरालाको अपिल

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

पुस २७ गते २९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै छ । पृथ्वीजयन्तीको अवसरमा राप्रपाले ७७ वटै जिल्लामा विविध कार्यक्रम गर्दैछ । राप्रपा अध्यक्ष कमल थापाले सोदिन गोरखा पुगेर सम्बोधन गर्ने जनाएका छन् । सोहीदिन चर्चित बलिउड अभिनेत्री मनीषा कोइरालाले पनि राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन अपिल गरेकी छिन् । 

बेलामौका राष्ट्रवादी अभिव्यक्ति दिँदै आएकी अभिनेत्री कोइरालाकै अगुवाइमा काठमाडौंको यल्लो पेगोडा होटलमा मंगलबार आयोजित प्रेस भेटघाटमा उनले यस्तो अपिल गरेकी हुन् । जहाँ भ्रष्टचारविरोधी अभियानमा लागेका पूर्वडिआइजी खरेल र पर्यटन व्यवसायी भरत बस्नेत पनि सहभागी थिए । 

पृथ्वीजयन्ती मनाउने मनीषाको यो सक्रियतालाई निकै अर्थपूर्ण मानिएको छ । पछिल्लोसमय उनले राजनीति सक्रियता बढाएको अनुमान गरिएको छ । मनीषा नेपाली कांग्रेसबाट राजनीतिमा आउनसक्ने अनुमान पनि गरिएको छ ।

बलिउडमा धेरै कलाका राजनीतिमा सक्रिय छन् । उनीहरु मुख्यमन्त्री र केन्द्र सरकारको मन्त्री तथा लोकसभा सांसदसमेत भएका छन् । यसकारण मनीषा पनि राजनीतिमा आउने लागेकी त होइन ? धेरैले आकलन गरेका छन् ।

राजनीतिक पृष्ठभूमि भएकै कारण उनको राजनीतिमा आगमन भइहाले आश्चर्य भने नहुने कोइराला परिवारका सदस्यहरु बताउँछन् ।

केही महिनाअघि भारतले लिम्पियाधुरा हुँदै चीनतर्फ जोडिने सडकमार्ग खोल्दा मनीषाले आपत्ती जनाएकी थिइन् । लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे राखेको अभिव्यक्तिका कारण लामोसमय काम गरेको कर्मक्षेत्र भारतमा उनी निकै आलोचना भएकी थिइन् । जन्मभूमि नेपालको पक्षमा खुलेरै समर्थन गरेको भन्दै नेपालमा उनले उल्लेख्य प्रशंसक पाएकी थिएन् ।


कस्तो लाग्यो ?

यो पनि