बैशाख १७, २०८१, सोमबार
               

'प्रधानमन्त्री ओली गणतन्त्र र संघीयता विरोधीको प्रतिनिधि पात्र'

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओली  गणतन्त्र र  संघीयताविरोधीको प्रतिनिधि पात्र भएकाे बताएका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा नेता भट्टराईले यस्तो बताएका हुन् । 

सो क्रममा उनले प्रदेश विघटन र संकटकाल घोषणा गरिए लोकतान्त्रिक अधिकार कुण्ठित हुने र तत्कालीन राजा ज्ञानेन्द्र शाह प्रवृत्तिको पुनरावृत्ति हुने खतरा पनि औँल्याएका छन् । 

उनले ओलीले जनयुद्धका मुद्दाका कुरा उठाउन थालेको भन्दै उनले यस्तो भए पुरानै अवस्थामा फर्कनु पर्ने पनि बताए । जनयुद्धका सबै मुद्दा सत्यनिरुपण तथा मेलमिलाप आयोगले हेर्ने निर्णय भएको पनि उनले स्मरण गराए । भट्टराईले अहिलेको उपलब्धि जनयुद्ध र जनआन्दोलनकै कारणले भएको पनि उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि