बैशाख १६, २०८१, आइतबार
               

'केपी ओलीकाे असंवैधानिक कदमले राष्ट्रियता कमजोर भयो'

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमले राष्ट्रियता कमजोर भएको टिप्पणी गरेका छन् । 

आज जसपाले प्रधानमन्त्रीको कदममाथि अन्तर्क्रिया कार्यक्रम राखेको थियो । उक्त अन्तरक्रियामा उनले भने, ‘राष्ट्रियता कमजोर भएको छ । विदेशी शक्ति चलखेल गर्ने वातावरण बनेको छ । अहिलेको शासन व्यवस्था नै उल्टने हो कि भन्ने शंका उब्जिएको छ ।’ 

त्यस्तै संसद् विघटन गर्न संविधानले नदिएको र संवैधानिक व्यवस्थाअनुसार अदालतले पुनःस्थापना गर्न पाउनुपर्ने भनेर अदालतमा परेका रिटमाथिको सुनुवाइ चलिरहेका बेला प्रधानमन्त्री ओलीबाट आएका अभिव्यक्तिले चिन्ता थपिएको यादवको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि