जेठ ०१, २०८१, मंगलबार
               

राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधर आत्तिनुपर्दैन : कमल थापा

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधरले आत्तिनु नपर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै अध्यक्ष थापाले राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधरले आत्तिनु नपर्ने बताएका हुन् ।

राजसंस्थासहितको लोकतन्त्रले शान्ति र समृद्धिको लक्ष्य हासिल हुने उनको दावी छ । उनले कसैलाई पनि निषेध नगर्न आग्रह गर्दै निषेधले द्वन्द्व निम्त्याउने उल्लेख गरेका छन् ।

थापाले ट्विटरमा लेखेका छन्, ‘राजसंस्था कायम हुंदा गणतन्त्र पक्षधरले आत्तिनुपर्दैन । राजसंस्था सहितको लोकतन्त्रले शान्ति र समृद्धिको लक्ष्य हासिल हुन्छ । कसैलाई निषेध नगरौँ, निषेधले द्वन्द निम्त्याउँछ ।’

राप्रपाले पछिल्लो समय देशभर हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि प्रदर्शन गर्दै आएको छ ।

थापा गोरखा जाने

हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा चियापान गर्दै आएको राप्रपाले यसपटक कोरोना महामारीको कारण चियापान कार्यक्रम नगर्ने तर ७७ वटै जिल्लामा विविध कार्यक्रम गरी मनाउने भएको छ ।

२०६५ देखि हरेक वर्ष राप्रपाले सामाजिक जीवनका विभिन्न व्यक्तिलाई निमन्त्रणा गरी चियापान गर्दै आएको थियो । यसपटक गोरखामा हुने कार्यक्रममा राप्रपा अध्यक्ष थापा सहभागी हुने भएका छन् ।

थापा गोरखामा हुने र्‍यालीमा सहभागी भई पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्ने र गोरखाबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

नेपालीलाई नाम र पहिचान दिने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झनमा हुने कार्यक्रममा गोरखाबासी स्वस्फूर्त रूपमा सहभागी हुने आफूहरूको अपेक्षा रहेको पनि श्रेष्ठले बताएका छन्। सोही दिन अध्यक्ष थापाबाट राप्रपा जिल्ला कार्यालयमा हुने पार्टीको झण्डा झण्डोत्तोलन र चुनाव चिन्ह हलोको अनावरण गर्ने तथा पार्टीका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पनि श्रेष्ठले जानकारी दिएका छन् ।

 

यो पनि