जेठ ०५, २०८१, शनिबार
               

पत्रकारिता र न्यायालय स्वतन्त्र रहे मात्रै लोकतन्त्र : कांग्रेस नेत्री डीना

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

मकवानपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डिना) ले पत्रकारिता र न्यायालय स्वतन्त्र हुनुपर्ने जनाउँदै यसमाथि राज्यले अङ्कुश लगाएमा लोकतन्त्र नै धरापमा पर्ने बताएकी छन् ।

नेपाल प्रेस युनियन मकवानपुरले हेटौँडामा शनिबार आयोजना गरेको कार्यक्रममा उनले पत्रकारिता र न्यायालय स्वतन्त्र रहे मात्रै मुलुकमा लोकतन्त्र कायम रहने बताइन् । 

कांग्रेसले स्वतन्त्र पत्रकारिता र न्यायालयको सम्मानमा कुनै कमी आउन नदिएको उनको भनाइ थियो । नेकपाभित्र पदको भागबण्डा नमिलेपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर नेपाली जनताको विश्वासमाथि घात गरेको उनले आरोप लगाइन् । ‘कांग्रेस निर्वाचनमा जान डराएको छैन, निर्वाचनमा विजयी पनि हुनेछ, तर संविधानमाथि भएको प्रहार मान्य छैन’, नेत्री डिनाले भनिन् । 


कस्तो लाग्यो ?

यो पनि