बैशाख १७, २०८१, सोमबार
               

राजनीतिक अस्थिरता अर्थतन्त्रको लागि घातक : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

बागलुङ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक स्थिरता कायम नभएसम्म अर्थतन्त्रले गति नलिने बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघको ५७औँ साधारणसभामाशनिबार उनले राजनीतिक अस्थिरता अर्थतन्त्रका लागि घातक हुने बताए ।

‘राजनीतिक अस्थिरताले आर्थिक गतिविधि मर्माहत बन्न पुग्छ, अर्थतन्त्र ओरालो लाग्छ’, श्रेष्ठले भने । उनले राजनीतिको व्यापारीकरण र व्यापारको राजनीतीकरण मुलुकका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले अर्थतन्त्रमा कृषि, उद्योगलगायत क्षेत्रको योगदान घट्दै गएकामा चिन्ता प्रकट गरे । हरेक देशको विकास र समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले भने, ‘लगानीका क्षेत्रमा ६० प्रतिशत निजी क्षेत्रको योगदान छ, यस्तै राजश्वमा ८० प्रतिशत निजी क्षेत्रले ओगट्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोनाको कारण समस्यामा परेका उद्योगी, व्यवसायीलाई राहत दिने सरकारी योजना कार्यान्वयनमा आउन नसकेकामा दुःखेसो पोखे । राष्ट्रिय पूँजी निर्माणका लागि लगानीमा जोड दिँदै उनले छिट्टै बागलुङमा नयाँ परियोजनामार्फत लगानी भित्र्याइने प्रतिबद्धता व्यक्त गरे ।

यो पनि