जेठ ०५, २०८१, शनिबार
               

पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्रीको गाडी

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले शनिबार सर्लाहीको हरिवनमा एक पैदल यात्रुलाई ठक्कर दिएर भागेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको थियो । 

गाडीको ठक्करबाट घाइते भएका पैदलयात्री तामाङको स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको छ । मन्त्री साह गृह जिल्ला रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार ठक्कर दिएपछि मन्त्रीकाे गाडी थप हुइकिँदै भागेकाे थियो । मुलुकको मन्त्रीजस्तो जिम्मेवारी व्यक्तिले दुर्घटना पश्चात घाइतेको उद्धारमा जुट्‍नुको साटो फरार हुनु मानवीय संवेदनाकै उपहास भएको भन्दै स्थानीय आक्रोशित छन्।

ठक्कर दिने गाडीको अल्फाबेट देख्न नपाएका प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए । तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि