बैशाख २४, २०८१, सोमबार
               

राजनीतिमा कोही प्रत्यक्ष विरोध गर्छन् त कोही अप्रत्यक्ष : प्रधानमन्त्री

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति वा सबै क्षेत्रमा सर्वसम्मत हुन नसक्ने बताएका छन् । 

नेपाल स्काउटद्वारा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रमका क्रममा कोही नजिक आएर नबुझिकन विरोध गर्ने, कोही विरोधका लागि विरोध गर्ने र कोहीले सत्यलाई असत्य ठानेर स्वार्थवस अर्काे दलमा भएका कारण आफ्नो विरोध गर्ने गरेको बताउँदै उनले सो कुरा बताएका हुन् । 

त्यसैगरी, बलात्कारका घटना रोक्न के कस्ता प्रयास गर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?’ भन्ने बालिकाको एक प्रश्नमा उनले नेपाल र विश्वका सम्पूर्ण बालबालिका हाम्रो भोलिको भविष्य भएको बताए ।र, भने, ‘नारी पूजिने ठाउँमा देवता पनि रमाउँछन् भन्ने शास्त्रीय मान्यता रहेको छ । त्यही भएर समाजले महिलालाई सम्मान र महत्व दिने गरेको छ ।’

यस्तै, उनले उनले बालबालिका र राजनीतिको सन्दर्भमा सोधिएको प्रश्नमा बालबालिकाले प्रत्यक्ष राजनीतिमा लाग्न नहुने बताउँदै ढाँटछल, संविधानविरोधी तथा बेइमानीका रुपमा नबुझ्न आग्रह गरे । यसका अलवा उनले राजनीति बिग्रिए त्यसलाई सही बाटोमा ल्याउने कामको नेतृत्व आफूले गर्ने बताए । 

उनले भने, ‘बालबालिकाले फोहोरी राजनीतिबाट प्रभावित नभई इमानदार, विवेकशील र जनताको सेवा गर्ने क्षेत्रका रुपमा राजनीतिलाई बुझ्नुपर्छ ।’

यो पनि