जेठ ०१, २०८१, मंगलबार
               

हिन्दुराज्यको माग गर्दै काठमाडौंमा राप्रपाको प्रदर्शन (फोटोफिचर)

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । 

राप्रपाले हिन्दु सापेक्ष राज्य र राजतन्त्र पुनस्र्थापनाको माग गर्दै प्रदर्शन गरेको हो । 

त्यसैगरी, कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र तीब्र गतिमा भइरहेको धर्म परिवर्तन रोक्न माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो । 

यस्तै, राप्रपाले २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन समेत माग गरेको छ । 

भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म राप्रपाले प्रदर्शन गरेको हाे । प्रदर्शनपश्चात शान्तिवाटिकामा सभा गरेको छ ।

प्रदर्शनमा राप्रपा अध्यक्षत्रय पशुपति समशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापा र नेता बुद्धिमान तामाङलगायतले सम्बोधन गर्दै छन् । प्रदर्शनमा हजारौं नेता कार्यकर्ताको सहभागिता रहेको राप्रपाले जनाएको छ ।

यो पनि