जेठ ०४, २०८१, शुक्रबार
               

राजनीतिक पहुँचका आधारमा विमानस्थल स्थापना गरिएकाले हाल सञ्चालन हुन नसकेका हुन् : ढकाल

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

 

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राजनीतिक पहुँचका भरमा अनावश्यक ठाउँमा पनि विमानस्थल निर्माण गरिएको बताएका छन् । 

बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औं वार्षिकोत्सवमा केपी शर्मा ओलीको मन्त्रिपरिषदमा कानुन, स्वास्थ्य हुँदै नागरिक तथा उड्डयनमन्त्री मन्त्री ढकालले सो कुरा बताएका हुन् । कतिपय विमानस्थल स्ञचालन हुन नसक्नुको मुख्य कारण राजनीतिक पहुँचका आधारमा निर्माण गरिएको उनको भनाइ छ । 

देशभर ५५ वटा एयरपोर्ट रहेको बताउँदै उनले  ३६ वटा मात्रै कालोपत्रे गरिएको बताए । ‘त्यसमा पनि ३५ वटा मात्रै सञ्चालनमा छन्,’ उनले भने, ‘२० वटा एयरपोर्ट सञ्चालनमा आउन नसक्नुले राजनीतिक पहुँच र शक्तिको आधारमा एयरपोर्ट बनाइएको स्पष्ट हुन्छ ।’

यसका अलवा नेपालको अन्तर्राष्ट्रिय उडानलाई कालो सूचीमा राखिएको विषयको अन्तर्वस्तु केलाउनुपर्ने उनको  भनाइ छ । नेपालको योग्यता नपुगेका कारण हो अथवा कुनैपनि देशको स्वार्थका कारण कालो सूचीमा राखिएको हो भन्नेबारेमा गहिरो गरी हेर्नुपर्ने उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि