बैशाख २१, २०८१, शुक्रबार
               

संसद् विघटन असंवैधानिक : पूर्वराष्ट्रपति यादव

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

काठमाडौैं । पूर्वराष्ट्रपति रामवरण यादवले सरकारले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसलाई सच्याउन सबै जिम्मेवार भएर लाग्नु पर्ने बताएका छन् । 

तेज–तीर्थ ट्रष्टले बिहीबार आयोजना गरेको सम्मान कार्यक्रममा पू्र्वराष्ट्रपति यादवले असंवैधानिक कार्यलाई कसरी संवैधानिक बनाउने राजनीतिक पार्टी, पत्रकार, चेतनशील नागरिकका साथै सम्पूर्ण देशवासीको जिम्मेवारी रहेको बताएका हुन् । 'जो संस्था (संसद्) कार्यकारीद्वारा असंवैधानिक ढंगले भंग भयो त्यो असंवैधानिक कार्यलाई कसरी संवैधानिक बनाउने पोलिटिकल पार्टीको, पत्रकारको, चेतनशील नागरिकको, सम्पूर्ण देशवासीको जिम्मेवारी छ ।'

सो अवसरमा पूर्वराष्ट्रपति डा यादवले ‘मानवाधिकार तथा लोकतन्त्र पुरस्कार’ प्रजातन्त्र सेनानी शिव कङ्गाल, ‘जुजुभाइ नानीमैजु पुरस्कार’ इतिहासकार योगेन्द्रमान श्रेष्ठ र  कवयित्री नारायणदेवी श्रेष्ठलाई प्रदान गर्दै पत्रकारितामा योगदान दिएवापत राष्ट्रिय समाचार समिति पूर्वमहाप्रबन्धक निर्मला आचार्य र ‘हाम्राकुरा डटकम’का प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सम्मान गरे । 

हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा प्रदान गरिँदै आएको उक्त पुरस्कार र सम्मान यस वर्ष कोरोना भाइरसको महामारीका कारण प्रदान गर्न ढिला भएको ट्रष्टले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि